
इलाममा एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ ।
देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाईं देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन् ।
सोमवार दिउँसोदेखि हराइरहेका चापागाईं मंगलवार खोलामा डुबेर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मंगलवारेबाट प्रहरी टोली खटिएको थियो ।
आत्महत्या गरेको वा खोला तर्ने क्रममा मृत्यु भएको भन्नेबारे जानकारी नआइसकेको बताइएको छ । कसैले चापागाईंको मृत्यु गराएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ ।