
एनएमबी बैंकले विश्व बैंक सदस्य समूह अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागि समझदारीमा हस्ताक्षर गरेको छ ।
एनएमबी २ वर्षको अवधिमा आईएफसीबाट लगातार २ पटक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक भएको छ । यो वैदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ ।
समझदारीमा एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईएफसीका एक्टिङ रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेबीच हस्ताक्षर सम्पन्न भएको छ ।
वित्तीय समझदारीले कोभिड १९ को कारणले आइपरेको कठिनाइको बीचमा साना तथा मझौला उद्यमी वर्गको लागि आवश्यक कर्जाको आपूर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्नेेछ ।
अमेरिकी डलर २५ मिलियनको कर्जाले प्राथमिकताका क्षेत्रहरू विशेषगरी साना तथा मझौला कर्जा र हरित परियोजनाको सशक्तीकरणमा सघाउ पुर्याउन सदुपयोग गरिने बैंकले जनाएको छ ।