११ साउन २०८३, सोमबार

गण्डकीमा कोरोना संक्रमित हजार नजिक

असार १७, २०७७
गण्डकीमा कोरोना संक्रमित हजार नजिक

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या हजार नजिक पुगेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयले बुधवार विज्ञप्ति जारी गरी थप २८ जनामा कोरोना देखिएर कुल संक्रमित संख्या ९९४ पुगेको जनाएको हो ।

गत २४ घण्टामा प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १२, स्याङ्जा ८, गोरखा र बागलुङ ३/३, कास्की र तनहुँका १/१ जनामा कोरोना पुष्टि भएको छ । 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङ्टारका २ जना पुरुष, गैंडाकोटका ८ जना पुरुष र २ जना महिलामा कोरोना पुष्टि भएको हो । 

कास्कीको पोखरा महानगरपालिकाका ३० वर्षीय पुरुषमा कोरोना देखिएको छ । दुवै जिल्लाका नयाँ संक्रमित सबैलाई आइसोलेसन वार्डमा राखिसकिएको छ । 

स्याङ्जाको वालिङका १ पुरुष र १ महिला, पुतलीबजारका १ पुरुष, भीरकोट नगरपालिकाका ४ पुरुषमा कोरोना पुष्टि भएको छ ।

बागलुङको बडीगाडका २ र काठेखोलाकी १ महिला तथा गोरखाको वारपाक सुलीकोटका ३ पुरुष र शहीद लखन थापाका २ महिलामा कोरोना संक्रमण देखिएको हो । 

तनहुँको शुक्लागण्डकी नगरपालिकाकी ३५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । 

गोरखाको शहीद लखन थापाका संक्रमिलताई भरतपुरको कोरोना अस्पतालमा राखिएको छ भने स्याङ्जा, बागलुङ र तनहुँका नयाँ संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन बार्डमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जनाए ।

गण्डकीमा हालसम्म कोरोना संक्रमितमध्ये २१४ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।  गण्डकीका ११ जिल्लामा अझै ४ हजार ६४२ जना क्वारेन्टीनमा बसेका छन् । 

हालसम्म १६ हजार ७६१ जनाको नमूना संकलन भएकोमा नतिजा आउन बाँकी ३६६ जना छन् ।

salt training

कमेन्ट गर्नुहोस्