३० जेठ २०८३, शनिबार

मेरो मनको जिम्मा तिमीलाई (कविता)

असार १७, २०७७
मेरो मनको जिम्मा तिमीलाई (कविता)

वीविलीन

जुधिएका आफ्नै मन हरु,

लडाई हो हारजीत बिनाको

अटुट र अनबरतजुधाई

चिच्याउछन् ,

बटारिन्छन् 

अनि रुन्छन्

मनका सुइराहरु

ग्वाँ, ग्वाँ, ऐया आत्थु गर्दै

गाली गर्छन्, लडाउछन् र कुण्ठित बनाउछन्

अन्तर्मन का कुइनेटाहरु

चिहानबाट उठेका सपनाले फुललाइ सुन्दर नदेखेपछी

फुलबारीलाइ चिहान देख्न थाले

सुक्दै गयो फुल,

ओइलाउदै गयो सपना,

भत्किदै गयो यो मनको सुन्दर कुटी |

एक दिन गर्ल्वाम्म ढल्यो गगनचुम्बी यो मनको शिर

घाउ बन्यो दुवै मनका कुनाहरु दुखेर,

घाउ पाक्यो,

पीप निस्क्यो,

तर स्वीकारेनन् एकअर्काको अस्तित्वअझैपनि,

बेदना रुमल्लियो,

उत्साह निदायो,

बर्षात हरायो,

आकाश रोयो,

चरीहरु छट्पटीए

तर कहिल्यै ब्युझेनन यी मनका कुइनेटाहरु

यो मनमा चाडबाड आउनै छोड्यो ||

मनलाइ मनसंगै जुधाएर मनकै करेसा मा मनकै मकै फलाउन सकस छ प्यारी

यो गरे त्यो हुन्न त्यो गरे यो हुन्न,

सधै भरि भर परेनी हुन्न,

बरु मेरो मनको जिम्मा तिमि लाइ नै लगाउदा हुन्न ???

Twitter: @bbileen

salt training

कमेन्ट गर्नुहोस्