
भारतको केन्द्र शासित प्रदेश जम्मू कश्मीरको सोपोरमा बुधवार चरमपन्थी हमलामा गोली प्रहारबाट एक जनाको ज्यान गएको छ।
राजधानी श्रीनगरबाट ४० किलोमीटर टाढा उत्तरी कश्मीरमा भएको हमलामा बशीर अहमद नामका व्यक्तिको ज्यान गएको हो। उनका तीन वर्षीय छोरा भने सुरक्षित छन्।
चरमपन्थी हमलामा सीआरपीएफका एक जवानको पनि ज्यान गएको छ,भने तीन अन्य घाइते भएका छन्।
चरमपन्थीले सोपोर कस्बेमा सीआरपीएफको गस्ती टोलीमाथि लक्षित गरी हमला गरेको बताइएको छ।
जम्मू कश्मीर पुलिसले बच्चाका तस्वीर ट्वीट गरेको छ। जसमा पुलिसकर्मी उनलाई सुरक्षित स्थानतिर लगिरहेको देखिन्छ। पुलिसले अहिले तस्वीर त हटाइसकेको छ। तर भावुक बनाउने यो तस्वीर भाइरल भइरहेको छ।