
काठमाडौं, १७ वैशाख– नगरपालिकामा उम्मेदवार चयनका विषमा असन्तुष्ट एमाले कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
एमाले स्थायी कमिटीले मेलम्ची नगरपालिकाको प्रमुखमा डम्बर अर्याललाई उम्मेदवार बनाउने निर्णयगरेसँगै असन्तुष्ट कार्यकर्ताले एमालेको क्षेत्रीय कार्याल मेलम्चीमा तालाबन्दी गरेका हुन् ।
असन्तुष्ट पक्षले सिन्धुपाल्चोकका एमाले सांसद शेरबहादुर तामाङले आफू निकट डम्बर अर्याललाई टिकट दिलाएको भन्दै आपत्ति जनाएका हुन् ।
मेलम्ची नगरपालिका प्रमुखका लागि मेलम्ची नगरपालिकाबाट धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागाईं, बालकृष्ण देउजालाई केन्द्रमा सिफरिस गरिएको थियो ।
पार्टीले हरेकपटक एउटा व्यक्तिलाई मात्र अघि सारेको र स्थानीय जनभावना नबुझेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।
असन्तुष्ट एमाले कार्यकर्ताहले आजै ललितपुरस्थित एमाले प्रदेश नम्बर ३ को पार्टी सम्पर्क कार्यालय घेराउ गरेका छन् ।