
स्थायी कमिटी बैठक छाडेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँगको छलफलपछि प्रचण्ड सिधै शीतल निवासमा पुगेका हुन् ।
बालुवाटारमा नेकपाका नेताहरू स्थायी कमिटी बैठक कुरेर बसेका छन् ।
बिहान ११ बजे बस्ने भनिएको बैठक औपचारिक रूपमा शुरू हुन सकेको छैन ।