२५ जेठ २०८३, सोमबार

संसद बैठक २१ गतेसम्मका लागि स्थगित, संशोधनमा ढिलाइ

कात्तिक २०, २०७४
संसद बैठक २१ गतेसम्मका लागि स्थगित, संशोधनमा ढिलाइ

काठमाडौं १४ वैशाख – व्यबस्थापिका संसदको बैठक वैशाख २१ गते बिहीवार सम्मका लागि स्थगित भएको छ ।

आइतवार कांग्रेस पूर्वसांसद नथुनी सिंह दनुवारको निधन प्रति शोक प्रस्ताव पारित गरेर संसद बैठक पाँच दिनका लागि स्थगित भएको हो ।

आइवार संविधान संशोधन विधेयक पारित गर्ने सरकारको यसअघिको योजना रहेपनि सभामुख ओनसरी घर्तीले २१ गते सम्मका लागि संसद बैठक स्थगित गरेकी हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेले संविधान संशोधन विधेयक फाष्ट ट्रयाकबाट नभइ संसदीय समितिमा लगेर दबाब दिनुपर्ने बताएपछि संसद बैठक पाँच दिन स्थगित भएको हो ।

द्रूतमार्गवाट संविधान संशोधन गरेर निर्वाचनमा होमिने सरकारको तयारी थियो । संशोधनका लागि दुइतिहाइ पुग्न नसकेपछि संशोधन प्रक्रिया लम्बिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्