अप्रत्याशित रुपमा व्यवस्थापिका संसदको चालु अधिवेशन अन्त्य गर्ने सरकारको कदमलाई नेपाली कांग्रेसका युवा नेता गगन थापाले ‘विनाशकाले विपरीत वुद्धि’को संज्ञा दिएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवारै साँझबाट संसद अधिवेशन अन्त्य गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै सांसद समेत रहेका नेता थापाले संसदमा थुप्रै विधेयकहरू कार्यसूची र प्रक्रियामा रहेका र कोभिड–१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता भएको बेला पार्टी भित्रको किचलोको अचानोमा संसद परेको टिप्पणी गरे ।
सांसद थापाले संसदलाई छलेर अब कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस् भनेर खबरदारी समेत गरेका छन् । नेकपाभित्र आन्तरिक विवाद चर्किएका बेला अचानक सरकारले संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो ।
संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य!
विनासकाले विपरित वुद्धि!
संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन,कोभिड-१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन।
पार्टीभित्रको किचलोको अचानोमा संसद!
संसदलाई छलेर अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस्।