२१ असार २०८३, आइतबार

‘पहिलो प्रेमिकालाई लेखेको चिट्ठी अहिले श्रीमतीले पढ्छिन्’

कात्तिक २०, २०७४
‘पहिलो प्रेमिकालाई लेखेको चिट्ठी अहिले श्रीमतीले पढ्छिन्’

काठमाडौं, १७ वैशाख – जुन बेला उनी दोहोरी गाएर प्रथम बने त्यो बेला सम्म पनि उनलाई आफूले दोहोरी गीत गाउँछु भन्ने लागेकै थिएन । मान्छेले आफूभित्रै भएको क्षमता पनि नचिन्दो रहेछ । गुल्मीका बाबुराम पन्थीलाई पनि त्यस्तै भयो ।

गाउँमै आयोजना भएको एउटा दोहोरी प्रतियोगितामा प्रथम भएपछि उनलाई आफूले गीत गाउन सक्छु जस्तो लाग्यो । ‘कहिल्यै गायक बन्छु भनेर सोंचेकै रहेनछु,’ आफ्ना पुराना दिनतर्फ फर्किंदै पन्थी भन्छन्, ‘८ कक्षा पढ्दै गर्दा बल्ल मैलेपनि गाउन जानेको रहेछु भन्ने भान प–यो ।’ मर्मस्पर्शी शब्द पनि लेख्ने पन्थीले आफ्ना क्षमताहरुलाई चिनेकै थिएनन् ।

पीपल छायाँमा, जोर शंख फुकेर, बटौलीमा निर्मायालाई बसाली बास, मनै छैन र... लगायतका गीतका सर्जक बाबुराम पन्थी २४ घण्टानै गीतसंगितमा रहने गायक चाहिँ होइनन् ।

निकै कठीन पारिवारीक अवस्थाबाट उठेका पन्थीले जागिरे जिन्दगी र कलाकारको जिन्दगीलाई संगसँगै डोहोर्याएका थिए ।

तर, बच्चैदेखि नै लोकगीतका पारखी थिएन उनी । स्कुलमा हुने कार्यक्रममा भाग लिएर प्राय प्रथम हुने पन्थीले गायक हुने सपना भने देखेका थिएनन् । नारायणगोपाल र बमबहादुर कार्कीका गीत चाहिँ सुनिरहन्थे ।
यसरी सुरु भयो सांगितिक यात्रा

गुल्मीको भनभनेबाट पन्थी अध्ययनका लागि बुटवलमा झरे । बुटवलमा छँदा गीतसँगित भन्दा बढी पढाई लेखाइमा ध्यानदिनुपर्ने थियो । मुटुरोगका कारण बुवा गुमाएका पन्थीले त्यसको एक महिनाकै अन्तरालमा आमालाई पनि गुमाएका थिए ।

दाईको छत्रछायाँमा पढ्नका लागि बुटवल झरेका उनले गीत लेख्ने, गाउने विषयमा सोचेका थिएनन् । आफूले भगवान ठानेका दाइलाई खुसी बनाउने चाहाना उनको थियो ।

‘दाजूले मप्रति राखेको आशालाई पुरा गर्नुपर्ने थियो, त्यसैले पढाईमै ध्यान दिएँ,’ पन्थीले भने, ‘तर कतै न कतै लुकेर बसेको क्षमता विस्तारै बाहिर आयो ।’

स्कूले जीवनमै पन्थीको गाउँकै एक जना युवतीसँग प्रेम सम्बन्ध थियो । उनको पहिलो प्रेम सफल हुन त सकेन तर उनै प्रमिकाको नाममा उनले गीत बनाए । गाए । चर्चा पनि बटुल्यो । ‘पिपल छायाँमा, फेरी मन फर्कियो भूपू मायामा भन्ने गीत उनकै सम्झनामा गाएको हुँ,’ उनले भने, ‘त्यसपछि चाहिँ अरु गीतहरूपनि गाएँ ।’ प्रेमीकाकै
नाममा गाएको उक्त गीत कुनै समय निकै चर्चित थियो । तर पन्थीले विहे चाहिँ मागेर गरे ।

गीतसंगितसँगै भलिबल र तेक्वान्दो खेल्नमा पनि उनी खप्पिस थिए । तर एउटा दुर्घटनामा परेपछि उनले खेलको चाहाना चाहिँ विचैमा त्यागे । ‘साहित्यमा पनि धेरै रुचि थियो । कविताहरु लेख्थें । तर, पछि भने मैले पढाइमा नै बढी ध्यान दिन थालें ।’, पन्थी सुनाउँछन् ।

गीत लेख्ने, गाउने क्रम चाहिँ चलिरह्यो । बर्षौं पछि आफ्नो पहिलो प्रेमिकासँग भेट पनि भयो । गीत मात्रै लेखेनन् दर्जनौं प्रेम पत्र पनि लेखे । दुर्भाग्य, पन्थीले लेखेका प्रेम पत्र उनकी प्रेमीकाले पढ्न पाइनन् । ‘ अहिलेकी श्रीमतीले पनि ती लभ लेटर पढेकी छिन्,’ पन्थीले भने, ‘तर विस्तारै बच्चै बेलामा गरेको प्रेम टुटेकोमा ठीक भएछ भन्ने लाग्यो ।’

आफूलाई माया गर्ने पहिलो प्रेमसँग छुटेपछि मागी बिहे गरेका पन्थी अहिले भने आफ्नो व्यवहारिक जिन्दगीमा सफल छन् । विगत ९ वर्षदेखि बुद्ध एयरमा काम गरिरहेका छन् । प्रेम नटुटेको भए उनको जिन्दगीको ग्राफ अर्कै बन्न पनि सक्थ्यो ।

त्यसैले उनी खुसी छन् । ‘बुझ्ने श्रीमती छिन्, चार जनाको परिवार भइसक्यो,’ पन्थीले थपे ।

उनको कलाकारिता र व्यवसायिक जिन्दगी धेरै नै फरक भएको उनी स्वीकार्छन् । ‘कलाकारिताको जिन्दगी त आफूले चाहेअनसुार लैजान सकिन्छ नि । तर, व्यवसायिक जिन्दगी त्योभन्दा धेरै फरक हुन्छ ।’ नौ वर्षदेखि वुद्ध एअरमा जागिर गर्दै आएका पन्थी भन्छन्, ‘जागिर सँगसँगै कलाकारितामा पनि समय मिलाएको छु । समय मिलाउन भने गाह्रै हुन्छ ।’

अहिले पनि गीत गायन तथा रचनामा व्यस्त पन्थी बीचमा केही समय सुस्ताए पनि अब भने गीत तथा संगीतलाई समेत निरन्तरता दिने बताउँछन् । ‘बीचमा केही समय ग्याप भयो । अब भने निरन्तर रुपमा यो क्षेत्रमा सक्रिय हुने योजनामा छु ।’ भन्छन्, ‘कहिलेकाहीं विविध कारणले गर्दा चाहेर पनि यो क्षेत्रमा छाइरहन सकिन । तर मेरा गीत बजारमा आइरहेका छन् । दर्शकले रुचाउनु पनि भएको छ ।’

पन्थीले जागिरे जिन्दगीसँगै दर्जनौं गीत गाएका छन् । दर्जनौं गीत लखेका छन्। दुई वर्ष अघि गृह जिल्ला गुल्मीको चिनारी समेटिएको गीत निकै चर्चित भएको थियो । रामचन्द्र चन्दसँग मिलेर गाएको उक्त गीत जिल्लामा खुब मन पराइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्