नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूराे (सीआइबी) ले बैंकिङ कसुर मुद्दामा अदालतबाट दाेषी ठहर भइ फरार रहेका दुई जनालाई पक्राउ गरेकाे छ।
सीआइबीले भक्तपुरकाे मध्यपुर ठिमी नगरपालिका ७ का राम ज्यापु र काठमाडाैँकाे बुढानिलकण्ठ नगरपालिका ११ पैयुँटारका प्रकाश बुढाथोकीलाई पक्राउ गरेकाे हाे।
प्रहरीका अनुसार ज्यापुलाई उच्च अदालत पाटनले ०७६ भदाै २ गते ११ लाख ५० हजार जरिवाना र तीन दिनकाे कैद फैसला सुनाएकाे थियाे भने बुढाथाेकीलाई ०७६ माघ २४ गते १० लाख ५० हजार जरिवाना र सात दिनकाे कैद हुने ठहर भएकाे थियाे।
तर दुई प्रतिवादी फरार रहेका थिए।
उनीहरुले रकम भुक्तानको लागि चेक काटी दिएकोमा बैंकमा सो चेकबाट रकम भुक्तान हुन नसकी चेक बाउन्स भएको थियो।
पक्राउ परेका दुवै जनालाई कैद भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारामा पठाइएको छ।