२७ असार २०८३, शनिबार

राप्रपाले गर्‍याे कार्यसमिति विस्तार, लोकेन्द्रबहादुर चन्द केन्द्रीय समितिमा

राप्रपाले  गर्‍याे कार्यसमिति विस्तार, लोकेन्द्रबहादुर चन्द केन्द्रीय समितिमा
फाइल फोटो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कार्यसमिति विस्तार गरेको छ।

पार्टीको विधान तथा पार्टी एकीकरणसम्बन्धी आधारपत्रबमोजिम त्रयअध्यक्षको सहमतिमा केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र आमन्त्रित सदस्यको विस्तार गरिएको जनाइएको छ।

त्रयअध्यक्ष पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले जारी गरेको विज्ञप्तिअनुसार केन्द्रीय कार्यसमितिमा ३३७, केन्द्रीय कार्यसम्पादन समितिमा ८२  र केन्द्रीय कार्यसम्पादन समितिमा ११  आमन्त्रित सदस्य रहने छन्।
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिमा पदेन सदस्यका रुपमा रहने व्यवस्था छ ।

पार्टीले विश्वबन्धु थापाका अध्यक्षतामा उच्चस्तरीय सल्लाहकार समितिसमेत गठन गरेको जनाइएको छ।

यसैगरी १३ सदस्यीय सचिवालय कार्य व्यवस्था समिति गठन भएको छ। उक्त समितिका सदस्यमा राणा, लोहनी, थापा, दीपक बोहरा, बुद्धिमान तामाङ, राजीव पराजुली, राजेन्द्र लिङ्देन, भास्कर भद्रा र सुशीलकुमार श्रेष्ठ छन्।  

यसैगरी विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, ठाकुरप्रसाद शर्मा र श्याम तिमल्सिना पनि सो समितिमा छन्।

salt training

कमेन्ट गर्नुहोस्