
कोरोना भाइरसका कारण कायम लकडाउन अब विश्वभर विस्तारै अन्त्य भइरहेकाे छ। कयाैँ देशले लकडाउन हटाएका छन् भने कतिपय मुलुकले खुकुलाे बनाएका छन्।
नेदरल्यान्ड र थाइल्यान्डका सरकारले वेश्यालय र रेडलाइट एरिया खाेल्न अनुमति दिएका छन्। तर कडा प्रतिबन्ध लागू गरिएकाे छ।
तपाईँ रेडलाइट एरिया जान त पाउनु हुन्छ तर चुम्बन गर्न पाउनु हुँदैन। लामाे-लामाे श्वास लिन पनि प्रतिबन्ध गरिएकाे छ।
थाइल्यान्डकाे बैंककका रेडलाइट एरिया तीन महिना बन्द रहे। त्यहाँका रेडलाइट १ जुनबाट खुलेका छन्।
थाइल्यान्डका बार, मसाज पार्लर आदि पनि खुलेका छन्। त्यहाँका हजाराैँ याैनकर्मी पनि काममा फर्किसकेकाे बताइएकाे छ।
समाचार एजेन्सी राेयटर्सका अनुसार रेडलाइट एरियामा जानेहरुले प्रतिबन्धहरु थाहा पाउन जरुरी छ। रेडलाइड एरिया जाँदा मास्क अनिवार्य गरिएकाे छ भने आफूलाई आफैँ स्यानिटाइजर गर्नुपर्नेछ। चुम्बन गर्न पाइने छैन। त्यसैगरी गहिराे र लामाेलामाे श्वास लिन पाइने छैन।
रेडलाइट एरिया जानेहरुकाे तापमान अनिवार्य गरिएकाे छ। त्यसैगरी उनीहरुकाे नाम, ठेगाना, फाेन नम्बर पनि लिइनेछ।
डान्सबार जानेहरुले स्टेजबाट २ मिटर टाढा बस्नुपर्नेछ। र बस्दा १ मिटरकाे भाैतिक दूरी कायम गर्नुपर्नेछ।
नेदरल्यान्डमा पनि रेडलाइट एरिया खुलेकाे छ। यहाँ पनि थाइल्यान्डझै सबै नियम पालना गर्नुपर्ने हुन्छ।
पब्लिक हेल्थ एडवाइजर डबी मेनसिन्क रेडलाइट एरियामा रहने याैनकर्मी काेराेना भाइरसकाे उच्च जाेखिममा हुने गरेकाे बताउँछन् ।
