११ असार २०८३, बिहीबार

चट्याङ लागेर ६ जनाकाे मृत्यु, ९ जना घाइते

असार १८, २०७७
चट्याङ लागेर ६ जनाकाे मृत्यु, ९ जना घाइते
प्रतिकार्यात्मक तस्वीर।

 सप्तरीकाे डाक्नेश्वरी नगरपालिका–८ गम्हरिया प्रवाहामा चट्याङ लागेर एक ७० वर्षीय वृद्धको मृत्यु भएको छ।

धर्मी साहको बिहीबार खेतमा हलो जोत्न गएका बेला चट्याङ लागेर  मृत्यु भएको स्थानीय रामलखन मुखियाले बताए।। मुखियाका अनुसार खेतमा हलो जोतिरहेका बेला पानी पर्न थालेपछि साह रुखमुनि ओत लागेका बेलामा चट्याङ् लागेको हो।

चट्याङ लागि गम्भीर घाइते भएका साहलाई १६ वर्षीया नातिनी कञ्चनाकुमारी साहले उठाउन खोज्दा उनलाई पनि करेन्टको झट्का लागेको थियो । कञ्चनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको टोलीले शवलाई परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेको छ ।

खेतमा काम गरिरहेको समयमा चट्याङ्ग लागेर आज प्रदेश २ मा ६ जनाको मृत्यु भएको र नौ जना घाइते भएको प्रदेश प्रहरीले जनाएको छ । 

प्रदेश २ प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले चट्याङ लागेर बारामा चार जना, सप्तरी र सर्लाहीमा एक-एक जनाको मृत्यु भएको बताए। त्यस्तै चट्याङ लागेर बारामा सात जना तथा सप्तरी र सर्लाहीमा एक-एकजना घाइते भएको र उनीहरुको उपचार भइरहेको पनि उनले बताए।

salt training

कमेन्ट गर्नुहोस्