१४ असार २०८३, आइतबार

घनश्याम भुसालको निवासमा दोस्रो पुस्ताका नेताहरूको बैठक, शीर्ष नेताहरूलाई मिल्न दबाब

घनश्याम भुसालको निवासमा दोस्रो पुस्ताका नेताहरूको बैठक, शीर्ष नेताहरूलाई मिल्न दबाब

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र चालू विवाद झन् गहिरिएपछि दोस्रो पुस्ताका नेताहरूब विवाद समाधानका लागि छलफलमा जुटेका छन् ।

शुक्रवार बिहान अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय नेताहरू मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य घनश्याम भुसालको मन्त्री क्वार्टरमा छलफलमा बसेका थिए । 

छलफलमा एकताको स्पिरिट अनुसार जारी विवाद समाधान गर्नुपर्ने विषय उठेको थियो । एकता हुँदा जसरी कुरा मिलेको थियो अहिले पनि त्यसै गरेर कुरा मिलाउनुपर्ने विषयमा सहमति भएको छलफलमा सहभागी मणि थापाले लोकान्तरलाई बताए । 

'एकताको मुख्य प्रिन्सिपलमा टेकेर अहिलेको जारी विवाद हल गर्नुपर्ने विषयमा हामी दोस्रो पुस्ताका नेताहरू सहमत छौं,' थापाले लोकान्तरसँग भने, 'आजै अध्यक्षद्वयबीच भेटघाट पनि भइरहेको छ भन्ने कुरा सुनिएको छ, पार्टी मिल्ने दिशातर्फ उन्मुख भएको मैले अनुभव गरेको छु ।'

छलफलमा टोपबहादुर रायमाझी, विष्णु रिमाल, सुरेन्द्र पाण्डे, मणि थापा, शंकर पोखरेल, घनश्याम भुषाल, वर्षमान पुन, योगेश भट्टराई, शक्ति बस्नेत र जनार्दन शर्मा सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्