×

NMB BANK
NIC ASIA

बालुवाटारमा ओली र प्रचण्डको निर्णायक वार्ता

असार १९, २०७७

NTC
Premier Steels

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको समयमा सहमतिको प्रयास स्वरुप अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता जारी छ ।

Muktinath Bank

वार्ताका लागि शुक्रवार मध्यान्ह १२ बजे प्रचण्ड बालुवाटार पुगेका थिए । पार्टी एकता बचाउन निर्णायक वार्ता गर्ने भन्दै स्थायी कमिटीको बैठक शनिवारसम्मको लागि स्थगित भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वार्तामा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डसँगै नेकपाका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि रहेको स्रोतको दाबी छ ।


Advertisment
Nabil box
Kumari

नेकपामा सानातिना विवादहरू आइरहने भएपनि गत वैशाखको दोस्रो साताबाट विवाद बढ्दै गइरहेको हो । ओलीले पार्टीभित्र छलफल नगरी दल विभाजन खुकुलो पार्ने अध्यादेश ल्याएपछि ओलीइतरको समूह असन्तुष्ट छ ।

Vianet communication

सचिवालयले हल गर्न नसकेका विषयहरू स्थायी कमिटी बैठकमा आउनु पर्ने भन्दै नेकपाका स्थायी कमिटीहरूले आह्वान गरेको बैठक ओलीले निरन्तर टार्दै आइरहेका थिए ।

पार्टीभित्र निरन्तर बढिरहेको असन्तुष्टि सम्बोधन गर्न भन्दै ओली दुई साताअघि स्थायी कमिटी बैठक बोलाउन राजी भए । तर आफू चाहिँ बैठकमा सहभागी भएनन् ।

स्थायी कमिटी बैठकमा निरन्तर राजीनामाको कुरा उठेपछि ओलीले बिहीवार बैठक स्थगित गरेर वार्तामा आउन आफूइतरका नेताहरूलाई चुनौती दिएका थिए ।

पार्टीभित्र आएको संकट फूट उन्मुख भएको भन्दै नेकपाका नेताहरू चिन्तित बनेका छन् । अध्यक्षद्वयलाई निरन्तर वार्ता गरेर जारी संकट हल गर्न नेताहरूले निरन्तर खबरदारीसमेत गरिरहेका छन् ।

शुक्रवार मन्त्री तथा स्थायी कमिटी सदस्य घनश्याम भुसालको मन्त्रीक्वार्टरमा दोस्रो पुस्ताका नेताहरू भेला भएर पार्टी एकतालाई जसरी पनि जोगाउने भन्दै बहसको थालनी गरे । छलफलमा ओली, प्रचण्ड र वरिष्ठ नेता नेपालपक्षीय नेताहरू सामेल थिए ।

बिहीवार स्थायी कमिटी बैठक चलिरहेको बेलामा मन्त्रिपरिषद बैठक डाकेर संसद अधिवेशन अन्त्य गराउने प्रधानमन्त्रीको निर्णय थप विवादमा परेपछि नेकपाभित्रको संकट थप गहिरिएको हो । समाधानका लागि अध्यक्षद्वयबीच भेटघाट र वार्ताको कुनै विकल्प नरहेको भन्दै दोस्रो तहका नेताहरूले पनि निरन्तर दबाब दिइरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x