
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा जारी विवाद तत्काल अन्त्य गर्न भन्दै केन्द्रीय कमिटीका नेताहरू पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेला भएका छन् ।
भेलामा ५० जना भन्दा बढी केन्द्रीय नेताहरू छन् ।
शुक्रवार अपराह्न १ बजेदेखि शुरू भएको केन्द्रीय नेताहरूको भेला ४ बजेसम्म चल्ने केन्द्रीय सदस्य तथा संासद रामकुमारी झाँक्रीले लोकान्तरलाई बताइन् ।
'पार्टीलाई विधिसम्मत चलाउनु पर्छ, एकलौटी र स्वेच्छाचारिता हुनु हुँदैन,' झाँक्रीले लोकान्तरसँग भनिन्, 'व्यक्ति प्रधान भएर पार्टी चल्दैन, नीति प्रधान हुनुपर्छ । नेकपाभित्र जारी विवादलाई नीतिमा केन्द्रित रहेर मिलाउनुपर्छ भन्दै हामी भेला भएका हौँ ।'
उनले भेलामा ५० जना भन्दा बढी केन्द्रीय कमिटी सदस्यहरू जम्मा भएको र अरू आउने क्रम जारी रहेको जानकारी दिइन् ।
'अहिले ५० जना भन्दा बढी छौं, साथीहरू आउने क्रम जारी छ,' उनले भनिन्, 'हामी ४ बजेसम्म छलफल गर्छौं ।'