०२ साउन २०८३, शनिबार

फ्रान्सका प्रधानमन्त्री एडूआर्ड फिलिप्पेले दिए राजीनामा

असार १९, २०७७
फ्रान्सका प्रधानमन्त्री एडूआर्ड फिलिप्पेले दिए राजीनामा

फ्रान्सका प्रधानमन्त्री एडूआर्ड फिलिप्पेले पदबाट राजीनामा दिएका छन् तर नयाँ मन्त्रिपरिषद् गठन नहुँदासम्म उनी कार्यवाहकका रूपमा रहने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले शुक्रवार जनाएको छ । 

राष्ट्रपति इम्मानुएल म्याक्रोंले फिलिप्पेको राजीनामा स्वीकार गरेका छन् । सन् २०१७ मा प्रधानमन्त्री बनेका फिलिप्पेले नयाँ सरकार गठन नहुन्जेल मन्त्रीहरूका साथ सरकार चलाइरहने बताए । 
 

म्याक्रोंले राष्ट्रपति कार्यकाललाई नवीनता दिने प्रतिज्ञा गरेपछि प्रधानमन्त्रीको राजीनामा आएको हो । बिहीवार उनले अब नयाँ समूहले आर्थिक पुनरुत्थान तथा पुनर्निर्माणको जिम्मा लिने बताएका थिए । 

राष्ट्रपति कार्यालयले फिलिप्पेको बहिर्गमनको कारण खुलाएन । उनलाई पुनर्नियुक्ति गरिने विषयमा पनि कुनै संकेत दिइएको छैन । मन्त्रिपरिषद् हेरफेरमा यसअघि प्रधानमन्त्रीलाई दोहोर्‍याउने चलन छ । 

आजै नयाँ प्रधानमन्त्रीको घोषणा हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 
 

फिलिप्पेले हाभ्र शहरको मेयर हुन चाहेको बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्