
सरकारले कोरोनाभाइरस (कोभिड- १९) संक्रमण परीक्षणको दायरा बढाउने घोषणा गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा परीक्षणको दायरा फराकिलो बनाइएको घोषणा गरिएको हो ।
'परीक्षणको दायरा फराकिलो बनाइएको छ,' स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, 'क्यान्सर र डायबिटिजका बिरामी, इमर्जेन्सीमा आउने बिरामी, आईसीयूमा भर्ना भएका बिरामी र स्वास्थ्यकर्मीहरूको परीक्षण गरिने छ ।'
संक्रमित बिरामीहरूलाई सरकारी, सामुदायिक तथा निजी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको प्रवक्ता गौतमले बताए ।