१६ असार २०८३, मंगलबार

बारामा विवाह मण्डपबाटै बेहुला समातिएपछि...

कात्तिक २०, २०७४
बारामा विवाह मण्डपबाटै बेहुला समातिएपछि...

 

कलैया, १७ वैशाख - जिल्ला प्रहरी कार्यालय बाराले जिल्लाका सुवर्ण गाउँपालिका–२ कवही गोठमा बालविवाह भइरहेको अवस्थामा प्रहरीले बेहुलालाई पक्राउ गरी बेहुलीलाई संरक्षणमा लिएको छ ।

साबिक बलिरामपुर–९, हाल कलैया उपमहानगरपालिका–१३ छोटकी फूलबारी बस्ने २५ वर्षीय रामनरेशप्रसाद यादव र साबिक कवही गोठ–६, हाल सुवर्ण गाउँपालिका–२ बस्ने करिब १२ वर्षीया बालिकासँग निजकै घरमा शुक्रबार राति १० बजे विवाहको तयारी भइरहेको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुग्दा दुवै पक्षका अभिभावक फरार प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले आज पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।


बेहुलालाई मुलुकी ऐन विवाहवारी महल अनुसार कारबाही गरिने छ । फरार भएका अभिभावक र संलग्न पण्डितको खोजी भइरहेको प्रहरी उपरीक्षक उप्रेतीले बताउनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्