२६ जेठ २०८३, मंगलबार

कविता : माया इक्वेसन

कात्तिक २०, २०७४
कविता : माया इक्वेसन


तिम्रो अधरमा मुस्कान देख्दा पनि,
तिम्रो आँखामा उदासीना छाउँदा पनि,
कहिले खुसीको
पराकाष्टामा पुगेर तिमीले हाँसेका
खित्काहरू सुन्दा,
'न्युटन थर्ड ल अफ मोसन'
स्मरण हुन्छ मलाई

मेरो सपनालाई
तिम्रो मायाको मलिक्लुलसित
क्यमिकल ऱ्याक्सन गरेर
सपनाको नयाँ कम्पाउन्ड
तयार गर्थे
O2+2H2 = 2H2O

जस्तै,
तिमी + म = नयाँ जीवन

कल्पनाको ल्यावमा लिएर
एक्सप्रिमेन्ट गर्दै थिएँ
आफुभित्रको अर्को वैज्ञानिकसँग
लजाउँदै
तर अफसोच
एक्सप्रिमेन्ट गर्दागर्दै
E=mc2 को गर्भबाट जन्मेको
प्रमाणु बम खसालिदियो
दृष्टिको विमानले
मेरो मस्तिष्कको
हिरोसिमा र नगासाकीमा
अनि भत्ताभुङ्ग भयो
कल्पनाको ल्याव
घायल बन्यो वैज्ञानिक विचार ।
कारण तिमी
CO2
भइसकेकी रहिछौ

अनि म
आफै प्रकाश भएर पनि
विज्ञानको आँखामा मिथियन बने,
गाउँले आँखामा राँके भूत

 -अमर निराकार राई

salt training

कमेन्ट गर्नुहोस्