२२ जेठ २०८३, शुक्रबार

भरतपुर महानगरपालिकामा उम्मेदवारलाई प्रहरीको गोली !

कात्तिक २०, २०७४
भरतपुर महानगरपालिकामा उम्मेदवारलाई प्रहरीको गोली !
काठमाडौं, १७ वैशाख - चितवनको भरतपुरमा नेकपा मालेका उम्मेदवारमाथि गोली प्रहार भएको छ । वडानम्बर ११ मा नेकपा मालेका उम्मेदवार कृष्ण कुमालमाथि गोली प्रहार भएको हो । उनी उक्त वडाबाट वडाध्यक्षको उम्मेदवार रहेका छन् ।

गोली लागेर घाइते भएका उनको उपचार भइरहेको छ । उनीमाथि कसली गोली प्रहार गर्यो भन्ने विषयमा अहिले सम्म पत्ता नलागेको मालेका नेता परशुराम लामिछानेले बताए ।

भरतपुरको जंगलमा नेपाल प्रहरीको तालिम चलिरहेको छ । उनी त्यतै गइरहेका थिए । प्रहरीकै गोली लागेको हुन सक्ने अनुमान गरिएको छ । उनलाई झुक्किएर गोली लागेको हुन सक्ने बताइएको छ ।

तर मालेले चाहिँ तालिम केन्द्रभन्दा तीन किलोमिटर भन्दा अघिनै गोली लागेको भन्दै झुक्किएर प्रहरीको गोली लागेको भन्ने कुरालाई अश्वीकार गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्