
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको जनाएको छ ।
मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतवार एक जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।
मृत्यु हुने २९ वर्षीय युवक रहेका छन् भने उनी ढोरपाटन क्वारेन्टाइनमा बसिरहेका थिए । बाग्लुङ जिल्लाको निसिखोला गाउँपालिका वडा नम्बर ३ का उनी भारतबाट क्षयरोगको उपचार गरेर फर्केका थिए ।