२४ जेठ २०८३, आइतबार

बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ

असार २२, २०७७
बहिनी बलात्कारको आरोपमा दाजु पक्राउ

बहिनी बलात्कार गरेको आरोपमा दाजु पक्राउ परेका छन्। ओखलढुङ्गाकाे चम्पादेवी गाउँपालिकामा आफ्नै बहिनीमाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय युवा पक्राउ परेका हुन्। 

नाताले बहिनी पर्ने (काकाकी छोरी) ११ वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १७ वर्षीय दाजुलाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए। बालिकाको स्वास्थ्य परीक्षणलगायत अन्य अनुसन्धान भइरहेको उनको भनाइ छ। 

पीडित बालिकाले घटनाका विषय आफ्नी आमालाई बताएपछि यो घटना बाहिर आएको हो। पक्राउ परेका युवाको नाम प्रहरीले गोप्य राखेको छ। यही असार १५ गते घरमा कोही नभएको मौका छोपी ललाइ फकाई बालिकामाथि जबरजस्ती करणी गरेको पीडित पक्षको उजुरीमा उल्लेख छ। बालिकाकी आमाले आइतबार उजुरी दिएपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्