२१ जेठ २०८३, बिहीबार

बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

जेठ १७, २०८३
म्याग्दी
बालिकालाई करणी गरेको अभियोगमा एक जना पक्राउ

म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा स्थानीय ५३ वर्षीय धनबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ । 

सुनारलाई पक्राउ गरी म्याग्दी जिल्ला अदालतबाट आज पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार २०८२/०८३ (४३) १६ नाम भएकी बालिकालाई सुनारले यही जेठ १२ गते साँझ ५ः०० बजेको समयका करणी गरेको उजुरी परेको थियो । सोही आधारमा सुनारलाई शनिबार पक्राउ गरिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्