
काठमाडाैँ उपत्यकामा काेराेना भाइरसकाे संक्रमितकाे संख्या बढेकाे छ। आइतबार थप ३० जनामा संक्रमण देखिएकाेमा साेमबार याे संख्या बढेर ५४ जना पुग्याे।
साेमबार १ सय ८० जनामा काेराेना संक्रमण देखिएकाेमा उपत्यकामा ५४ जना रहे। काठमाडौँमा २४, ललितपुर २० र भक्तपुरमा १० जनामा संक्रमण देखिएको हो ।
तीमध्ये नेपाल वायु सेवा निगमका तीन पाइलटसहित सात जना पनि रहेका छन् । साउदी अरव, कुवेतबाट मानिस उद्धार गरेर नेपाल ल्याउँदा उनीहरुमा सङ्क्रमण सरेको हुनसक्ने बताइएको छ।