०६ असार २०८३, शनिबार

पछिल्लो २४ घण्टामा थपिए २ सय ४ कोरोना संक्रमित, ६ सय ८८ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थपिए २ सय ४ कोरोना संक्रमित, ६ सय ८८ डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानाकारी दिएको छ ।

मंगलवार मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा २ सय ४  जनामा नयाँ संक्रमण पुष्टि भएको बताएका हुन् ।

यससँगै नेपालमा जम्मा १६ हजार १ सय ६८ मा संक्रमण पुष्टि भएको छ भने हालसम्म ७ हजार ४ सय ९९ डिस्चार्ज भएका छन् ।

धरानमा गरिएको परीक्षणमा झापाका १ र सुनसरीमा २ जनामा संक्रमण पुष्टि भएको छ भने विराटनगरमा गरिएको परीक्षणमा मोरङका ६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै राजविराज र जनकपुरमा गरिएका परीक्षणमा सप्तरीका ३, धनुषाका ८, महोत्तरीका ९ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ ।

काठमाडौँको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा अछामका ११, बैतडीका ११, डोटीका ७ गोर्खाका १, काठमाडौँका १ र सिन्धुलीका १ जनामा संक्रमण पुष्टि भएको हो ।

हेटौडामा गरिएको परीक्षणमा मकवानपुरका २ जनामा र धुलिखेलमा गरिएको परीक्षणमा बाजुराका ५४ र सिन्धुपाल्चोकका १ जनामा संक्रमण पुष्टि भएको हो ।

पाटन अस्पतालमा गरिएको परीक्षणमा धादिङका १, भक्तपुरका ४, गोर्खाका २, कास्कीका १ काठमाडौँका १२, ललितपुरका १०, लमजुङका १, नुवाकोटका १, पर्सा, रामेछाप, रुपन्देही र सप्तरीका १/१, सर्लाहीका ३, सुनसरी, रुकुमपश्चिम र मकवानपुरका १/१ जनामा संक्रमण पुष्टि भएको छ ।

शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा कोरोना संक्रमण देखिएको छ भने पोखरामा गरिएको परीक्षणमा तनहुँका २ र बाग्लुङका १ जनामा संक्रमण देखिएको छ ।

रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाचीका ८, कपिलवस्तुका १, नवलपरासीका ५ र पाल्पाका २ जनामा संक्रमण देखिएको छ ।

भेरी अस्पतालमा गरिएको परीक्षणमा दाङका ३, रुकुम पश्चिमका ४, रुकुम पूर्वका १, बर्दियाका २, सल्यानका ५ र सुर्खेतका ५ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै जुम्लामा गरिएको परीक्षणमा सुर्खेतका ३ र डडेलधुरामा गरिएको परीक्षणमा डडेलधुराका ६ जनामा संक्रमण देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्