१० असार २०८३, बुधबार

गोपाल पराजुली कार्यवाहक प्रधानन्यायाधीश, सुशीलाको सुरक्षाकर्मी फिर्ता

कात्तिक २०, २०७४
गोपाल पराजुली कार्यवाहक प्रधानन्यायाधीश, सुशीलाको सुरक्षाकर्मी फिर्ता

काठमाडौं, १७ वैशाख –प्रधानन्यायाधीश सुशीला कार्की निलम्बनमा परेसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुली कार्यवाहक प्रधानन्यायाधीश भएका छन् । कार्की निलम्बनमा परेसँगै रिक्त रहेको उक्त पदमा वरिष्ठताका आधारमा पराजुली स्वतः कार्यवाहक प्रधानन्यायाधीश भएका हुन् ।

सर्वोच्चमा प्रधानन्यायाधीस पद रिक्त भए वरिष्टताका आधारमा वरिष्ट न्यायाधीश स्वतः कार्यवाहक प्रधान्यायाधीश हुने कानूनी व्यवस्था छ ।

पराजुलीले केही छिनमै पदभार ग्रहण गर्दैछन् ।

त्यस्तै, निलम्बनमा परेपछि कार्कीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी पनि फिर्ता भएका छन् ।

आइतवार कार्कीमाथि २ सय ४९ सांसदले संसदमा महाभियोेग प्रस्ताव दर्ता गरेसँगै उनी निलम्बनमा परेकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्