२३ असार २०८३, मंगलबार

पदभार ग्रहण गर्दै कामु प्रधानन्यायाधीश पराजुलीले भने– सर्वस्वीकार्य हुने गरी न्याय सम्पादन गर्छु

कात्तिक २०, २०७४
पदभार ग्रहण गर्दै कामु प्रधानन्यायाधीश पराजुलीले भने– सर्वस्वीकार्य हुने गरी न्याय सम्पादन गर्छु
काठमाडौं, १७ चैत–प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोगको लगाइएपछि न्यायाधीश गोपाल पराजुलीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिइएको छ ।

कार्कीमाथि पदीय आचारणविपरितको गतिविधि गरेको आरोप सहित आइतबार अपरान्ह संसद सचिवालयमा पुगेर कांग्रेस सांसद मीनबहादुर विश्वकर्मा र माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले २४९ सांसदको हस्ताक्षर सहित महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।

संविधानअनुसार महाअभियोग लागेसँगै प्रधानन्यायाधीश स्वतः निलम्बनमा पर्ने व्यवस्था भएकाेले पराजुलीलाई कामुप्रधानन्यायाधीको जिम्मेवारी दिइएको हो । कायममुकायम प्रधानन्यायाधीशका रुपमा पराजुलीले आजै साँझ पदभार ग्रहण गरेका छन् ।

सर्वोच्च अदालतमा पदभार ग्रहणपछि पराजुलीले पत्रकारसँग कुरा गर्दै आफूले चाहेर कामु प्रधानन्यायाधीश पद सम्हालेको नभई संविधानले दिएको जिम्मेवारी मात्रै वहन गरेको बताए । प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव दर्ताप्रति भने उनी मौन रहे । यद्यपी उनले आफ्नो कार्यकालमा सत्य, निष्पक्ष र सर्वोस्वीकार्य हुने गरी न्याय सम्पादन गर्ने प्रतिबद्धता जनाए ।

salt training

कमेन्ट गर्नुहोस्