
खोलाले बगाउँदा १ महिला बेपत्ता भएकी छन् ।
स्वर्गद्वारी नगरपालिका–३ भाजुरीवाङ बस्ने ५६ वर्षीया हेमा कुँवर मंगलवार बेपत्ता भएकी प्रहरीले जनाएको छ ।
रोल्पाबाट घर आउने क्रममा स्थानीय घोरखोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय भिंग्रीका प्रहरी नायब निरीक्षक बुद्धि रानाको नेतृत्वमा ४ प्रहरी खटेको बताइएको छ ।