०१ असार २०८३, सोमबार

एकैदिन मास्क नलगाउने ६४ जनालाई पक्राउ गरी कारवाही

असार २४, २०७७
एकैदिन मास्क नलगाउने ६४ जनालाई पक्राउ गरी कारवाही

मास्क नलगाई हिँड्ने ६४ जनालाई मंगलवार एकैदिन सिरहा प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।

लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
 
कोभिड–१९ को संक्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारीसाधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी संक्रमण रोग ऐन २०२० अनुसार कारवाही शुरू गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।

पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्