२९ असार २०८३, सोमबार

‘सुशान्तको मृत्युपछि करण जोहरलाई लगातार ज्यान मार्ने धम्की, रोएको रोयै छन्’

असार २४, २०७७
‘सुशान्तको मृत्युपछि करण जोहरलाई लगातार ज्यान मार्ने धम्की, रोएको रोयै छन्’

बलिउडका निर्माता निर्देशक करण जोहरलाई अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि लगातार ज्यान मार्ने धम्की आइरहेको उनका साथीहरूले बताएका छन् । 
 

सुशान्तको मृत्युपछि बलिउडमा भित्रिया र बाहिरिया अनि नातावादको विवाद चलिरहेको छ । 

अभिनेताहरूका सन्तानका साथै करण जोहरलाई पनि सुशान्तका प्रशंसकहरूले सामाजिक सञ्जालमा तथानाम गाली गरिरहेका छन् । बलिउडमा नातावादका कारण सुशान्तले राम्रो फिल्म खेल्न नपाएको र आत्महत्या गर्न बाध्य भएको उनीहरूको आरोप छ । 

नातावादलाई प्रश्रय दिने व्यक्ति भन्दै करणलाई कठोर आलोचना गरिएपछि उनको स्वास्थ्यमा समेत समस्या आउन थालेको छ । 

उनले यस विषयमा कुनै टिप्पणी नगरेको भए पनि उनका एक निकटवर्ती साथीले उनको अवस्थाका बारेमा कुरा गरेका छन् । कठोर आलोचनाको सामना गर्नुपरेकाले उनको अवस्था त्यति राम्रो नरहेको साथीको भनाइ छ ।

‘करणलाई वर्षौंसम्म गिल्ला गरिएकाले उनको छाला गैंडाको जस्तो भएको लागेको थियो । तर अहिलेको आलोचनालाई उनले पचाउन गाह्रो परिरहेको छ । आफू नजिकका मानिसमाथि भइरहेको आक्रमणले उनलाई दोषी भएको अनुभव गराइरहेको छ । उनी लगातार रोइरहोका छन्, आँखा ओभानो छैन । उनका जुम्ल्याहा सन्तानलाई समेत मार्ने धम्की आइरहेको छ । सुशान्तसँग कुनै साइनो नभएकी अनन्या पाण्डेलाई सामाजिक सञ्जालमा घृणा गरिँदैछ,’ साथीले भने ।


 

salt training

कमेन्ट गर्नुहोस्