२७ जेठ २०८३, बुधबार

पार्टी फुटाउन करोडौंको खेल : ओली

कात्तिक २०, २०७४
पार्टी फुटाउन करोडौंको खेल : ओली
काठमाडौं, १८ बैशाख- प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संविधान संशोधन अनुमोदन गराउने नाममा सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन् ।kp-oli-3
पार्टी संसदीय दलको बैठकमा आइतबार उनले भने, 'अहिले हामी देखिरहेका छौं । पार्टी छाड्नुस फुटाउनुस् तपाईंलाई बन मन्त्री, तपाईंलाई सहरी मन्त्री, तपाईंलाई विकासमन्त्री, तपाईंलाई उपप्रधानमन्त्री दिन्छु, आउनुस् भनिराख्या छन् । पार्टी छाडे पनि केही हुँदैन ।'
'यति करोड दिन्छु भन्दै सरकार देश बनाउने, चुनाव गराउने संविधान कार्यान्वयन गराउने नभएर पार्टीहरू ध्वस्त पार्ने, भ्रष्टाचार गर्ने, अनैतिक काम गर्ने काम भइरहेको छ', ओलीले भने ।ओलीले प्रश्न गरे ,'करोड-करोड दिन्छु भन्छ सरकार, कहाँबाट ल्यायो त्यो पैसा ? 'पैसा दिएर अर्काे पार्टी फुटाउँछु भन्ने सरकारले यो गर्न पाउँछ कि पाउँदैन ? भन्ने प्रश्न उनले गर्दै बोलेको खबर अन्नपूर्णमा छ , 'राज्यले यस्तो गर्न पाउने कि नपाउने ? त्यसैले यो सरकार भ्रष्ट र अनैतिक हो।'
पराइको हितमा आफ्नो राष्ट्रिय हितलाई धोका दिने वर्तमान सरकार आज सांसदहरू खोज्न देशका विभिन्न भागमा लागिरहेको आरोप ओलीले लगाए ।

salt training

कमेन्ट गर्नुहोस्