२७ असार २०८३, शनिबार

यसरी भयो महाअभियोग निर्णय

कात्तिक २०, २०७४
यसरी भयो महाअभियोग निर्णय
काठमाडौँ, १८ बैशाख - जयबहादुर चन्द र नवराज सिलवालमध्ये कसलाई आइजिपी बनाउने भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच सुरुदेखि खटपट थियो । सिलवाललाई आइजिपी बनाउनुपर्ने निधिको निरन्तर अडानबीच देउवाले आफ्नै गृहक्षेत्रका चन्दको पक्षमा ‘अन्तिम निर्णय’ दिए । प्रधानमन्त्री पुष्पकमल दाहालले मूख्य सत्ता साझेदारको सिफारिश सदर गर्ने नै भए, गृहमन्त्रीको क्षेत्राधिकार कुण्ठित भयो, कान्तिपुरमा खबर छ ।



सर्वोच्च अदालतले आइजिपी नियुक्तिमा योग्यता र वरियता मिचिएको भन्दै चन्दको नियुक्ति बदर गरिदियो । देउवा र प्रधानन्यायाधीश सुशीला कार्कीबीच खटपट त्यही घटनाबाट सुरु हुन्छ । देउवाले प्रधानमन्त्री दाहालसँग असन्तुष्टि पोख्दै कार्कीले क्षेत्राधिकार नाघेर राजनीतिक निर्णयमा अंकुश लगाएकाले आफ्नो सीमामा बस्नेगरी ‘सम्झाइदिन’ आग्रह गरेका थिए ।

‘मैले नै उनलाई (कार्कीलाई) विराटनगरको ल फर्मबाट काठमाडौं ल्याएको होइन ? अनि तपाईंले न्यायाधीशमा अघि बढाएको होइन ? त्यत्तिकै बिर्सने ?’ देउवाले दाहाललाई भनेको उद्धृत गर्दै उक्त भेटमा सहभागी माओवादी केन्द्रका एक नेताले भने, ‘तपार्इंले बोलाएर एकपल्ट सम्झाउनुपर्‍यो । नत्र म आफ्नो कदम चाल्छु ।’

कार्कीको विषयलाई लिएर देउवा क्रुद्ध भएको बुझेपछि दाहालले एक साताअघि आफ्ना विश्वासपात्र नेता वर्षमान पुनलाई कार्कीसँग कुराकानी गर्न पठाएका थिए । पुनको आशय बुझेपछि पूरै कुरा नसुनी कार्कीले फर्काएकी थिइन् ।

दोस्रोपल्ट फेरि आइतबार बिहान गएका पुनलाई कार्कीले आधा घण्टासम्म कुराएको उच्च स्रोतले बतायो । पुन उनका पति दुर्गा सुवेदीलाई भेटेर खाली हात फर्के । कार्कीले यसबारे आफू कसैको पनि कुुरा नसुन्ने जवाफ दिएकी थिइन् । नेता पुनले प्रधानमन्त्रीको आग्रहमा आफू भेट्न गएको खुलाए, तर यसबारे थप बताउन मानेनन् ।sushila

सम्पर्क सूत्रहरु काम नलागेपछि देउवाले कार्कीलाई आफैं टेलिफोन गरेर सम्झाउन खोजे, तर उनले फेरि अडान नै लिइन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख लोकमानसिंह कार्की हटाउने फैसला गरेकी कार्कीले आफु पनि उसैको जस्तो शक्तिअभ्यासमा सक्रिय हुन थालेको आरोप लगाउदै देउवाले उनलाई समेत महाभियोग हाल्ने चेतावनी दिएका थिए । कार्कीले पनि उत्तिखेरै ‘उसो भए म पनि महाभियोग फेस गर्छु, बरु तपाईंलाई मानहानिको मुद्दा लगाउछु’ भन्ने जवाफ दिएको उच्च स्रोतले भन्यो ।

कार्कीको जवाफले आक्रोशित देउवाले त्यसैको झोंकमा उनीविरुद्ध हस्ताक्षर संकलन थालिसकेको, त्यसको जानकारी प्रधानमन्त्री दाहाललाई पनि दिएको एक माओवादी केन्द्र नेताले भने । कांग्रेस नेताहरुले भने हस्ताक्षर संकलन भए पनि के प्रयोजनका लागि भन्ने आफूहरुलाई थाहा नभएको दाबी गरिरहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्