२२ असार २०८३, सोमबार

जन्ती बोकेको बसले ठक्कर दिँदा एकजनाको मृत्यु

कात्तिक २०, २०७४
जन्ती बोकेको बसले ठक्कर दिँदा एकजनाको मृत्यु

इटहरी, १८ वैशाख– इटहरी उपमहानगरपालिका–२० स्थित तरहरामा गएराति जन्तीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी तरहराले जानकारी दिएको छ ।

धनकुटाबाट जन्ती लिएर इटहरीतर्फ आइरहेको को १ ख ४०८४ नंको बसले को २ प ६५१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

मङ्गोलियन अनुहारका मोटरसाइकल चालक मृतकको शव क्षतविक्षत भएकाले उनको सनाखत हुन सकेको छैन भने बसका चालक धनकुटाको बूढीमोरङका ३२ वर्षीय कवीन्द्र लिम्बूलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्