२३ असार २०८३, मंगलबार

मूल्यवृद्धि विरुद्ध प्रदर्शन

मूल्यवृद्धि विरुद्ध प्रदर्शन
तस्वीर सौजन्य : रासस

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम बबरमहल अगाडि प्रदर्शन गरेको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोना महामारीको समयमा मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन माग गरे। “बन्दाबन्दीको समयमा जनतालाई राहत प्याकेज ल्याउनुपर्ने सरकारले जनताप्रति निर्वाह गर्ने दायित्व पूरा गर्न सकेन”, उनले भने।

सङ्घले पेट्रोलियम पदार्थमा बढाएको मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने जनाएको छ ।

यस्तै, सङ्घले निगममा व्यवस्थापकीय सुधार, कालोबजारी नियन्त्रण, अनावश्यक खर्च कटौती तथा स्वचालित मूल्य प्रणाली पालना गर्नुपर्ने माग गरेको छ ।  यसअघि सङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै यही असार २४ गते निगमका महाप्रबन्धक सुरेन्द्र पौडेललाई सातबुँदे ज्ञापनपत्र बुझाएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्