
कोभिड १९ का कारण बजारमा देखिएको रगत अभाव कम गर्न मद्दत पुर्याउने उदेश्यले ब्रम्हायणी ग्रामीण विकास केन्द्र ललितपुरले रक्तदान गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरको शाखाको सहकार्यमा शनिवार ललितपुरको कोपुन्डोलमा आयोजना गरिएको रक्तदानमा २४ जना सहभागि भएका संस्थाका अध्यक्ष बैकुण्ठ डोटेलले जानकारी दिए ।
कोभिडका कारण देखिएको रगत अभावलाई कम गर्ने उदेश्यले रक्तदान कार्यक्रम राखिएको उनले बताए ।
रक्तदान कार्य अहिले देखिएको रगत अभाव कम गर्न थोरै भएपनि योगदान पुगेको संस्थाका सचिव देवीप्रसाद डोटेलले विश्वास व्यक्त गरे ।
