
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका चर्चित अभिनेता अमिताभ बच्चन र उनको छोरा अभिषेक बच्चनलाई स्वास्थ्यलाभको कामना गरेका छन् ।
आइतवार अपराह्न सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले कोरोना संक्रमित दुवैलाई स्वास्थ्यलाभको कामना गरेका हुन् ।
'भारतका महान अभिनेता अमिताभ बच्चन र उनको छोरा अभिनेता अभिषेक बच्चनलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,' ओलीले आफ्नो ट्वीटरमा लेखेका छन् ।
आइतवार बिहान अमिताभ र अभिषेक दुवैलाई कोरोना संक्रमण भएको समाचार बाहिरिएको थियो ।
भारतीय सञ्चारमाध्यमहरूले दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको समाचारहरू प्रकाशित गरेका छन् ।