
नक्कली मानिस खडा गरेर मृगौला प्रत्यारोपण गरेको आरोपमा वडाध्यक्ष सहित १२ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको मानव बेचविखन ब्यूरोले आइतवार पत्रकार सम्मेलन गर्दै वडाध्यक्ष सहित १२ जना पक्राउ गरेको जनाएको हो ।
उनीहरूमाथि २०७६ जेठ २७ गते नक्कली माानिस खडा गरेर भरतपुर मेडिकल कलेज चितवनमा मृगौला प्रत्यारोपण गरेको आरोप लागेको छ ।
पक्राउ पर्नेमा ललितपुर वडा नम्बर ३ का श्रीगोपाल महर्जनसहित ३ जना डाक्टर, २ जना महिला, १ जना कानून व्यवसायी र अन्य ५ जना रहेका छन् ।
यसअघि डा. राकेश कुमार बर्मा, शुभप्रभाव श्रेष्ठ, बालकृष्ण कालाखेती, अधिवक्ता रमेश काफ्ले, साखा अधिकृत रामचन्द्र ढकाल पक्राउ परेका थिए ।