
परीक्षण निरन्तर घटिरहँदा नेपालमा कोभिड-१९ पुष्टि हुनेको दैनिक संख्या पनि घट्ने क्रममा छ ।
लगातार दोस्रो दिन कोरोना संक्रमितको संख्या दोहोरो अंकमा सीमित भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको छ ।
नेपालमा कोभिड- १९ संक्रमितको संख्या कुल संख्या भने १६ हजार ८०१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दैनिक ७ हजारभन्दा माथि पुगेको परीक्षण घटेर अहिले ३ हजारमा झरेको हो । परीक्षण घट्दा संक्रमण पुष्टि हुने दर पनि घटिरहेको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
धनुषा १९
सुर्खेत ११
कालीकोट ७
तनहुँ ६
काठमाडौं ५
चितवन ५
बाग्लुङ २
पर्वत २
डडेल्धुरा २
कैलाली २
रुकुम पश्चिम २
लमजुङ २
मोरङ २
झापा १
सर्लाही १
सिन्धुपाल्चोक १
मकवानपुर १
सिन्धुली १
ललितपुर १
सोलुखुम्बु १
नवलपुर १
स्याङ्जा १
गोरखा १
गुल्मी १
पाल्पा १
दैलेख १
बझाङ १
दार्चुला १
संक्रमितमध्ये ८ हजार ५ सय ८९ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १ सय ४७ जना डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
उनका अनुसार कुल संक्रमितको ५१.१ प्रतिशत निको भएर डिस्चार्ज भएका छन् ।
मृतकको संख्या भने ३८ छ ।