१० साउन २०८३, आइतबार

एक महिनामा निगमले गर्‍यो ५८ उडान, १० हजार बढी नागरिकको उद्धार

एक महिनामा निगमले गर्‍यो ५८ उडान, १० हजार बढी नागरिकको उद्धार

नेपाल वायु सेवा निगमले एक महिनाको अवधिमा विभिन्न मुलुकबाट १० हजार ९ सय १२ नेपाली नागरिकको उद्धार गरेको छ ।

निगमले ५८ वटा उडानमार्फत जुन १४ देखि जुलाई १२ (आइतवार)सम्ममा विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याएको हो । 

निगमले आइतवार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसले सिर्जिन महाव्याधीले निम्त्याएको विश्वव्यापी संकटसित जुध्न राष्ट्रिय ध्वजावाहक निगम अहोरात्र खटिएको जनाएको छ ।

निगमले यसबीचमा चीनको ग्वाङझाओ, चाङ्सा, कुनमिङ र बेइजिङबाट कार्गो चार्टर्ड उडानमार्फत स्वास्थ्य सामग्री ढुवानी गरेको छ भने दुबई, दोहा, क्वाललम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङकङ, बहराइन, कुबेत, रियाद, जेद्दा, माले, ढाका लगायतका गन्तव्यहरुबाट ५८ वटा उद्धार उडान गरेको छ ।  

 

salt training

कमेन्ट गर्नुहोस्