
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज आठ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन्।
यी उडानमार्फत ९७९ नेपाली स्वदेश फर्किएका विमानस्थल कार्यालयले जनाएको छ ।नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २ सय ६२ र दुई बच्चा, बहराइनबाट १ सय ४४ यात्रु ल्याएको छ।
हिमालय एयरलाइन्सले दमामबाट १ सय ५४, क्वालालम्पुरबाट १ सय ५६ र मनिलाबाट १ सय ८ यात्रु काठमाडौँ ल्याएको छ।