१४ असार २०८३, आइतबार

पहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई गण्डकी सरकारद्वारा आर्थिक सहयोग

असार २९, २०७७
पहिरोबाट मृत्यु भएका व्यक्तिका परिवारलाई गण्डकी सरकारद्वारा आर्थिक सहयोग

गत असार २६ गते राति जिल्लाका विभिन्न तीन स्थानमा गएको पहिरोमा परी मृत्यु भएकाको परिवारलाई गण्डकी प्रदेश सरकारले राहतस्वरुप आर्थिक सहयोग गरेको छ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले साेमबार पोखरा–१८ सराङकोटका पाँच तथा वडा नं २५ हेम्जा र वडा नं २६ लेखनाथस्थित पैतेडाँडाका एक÷एक जना गरी सात जना मृतकका परिवारलाई जनही ५० हजारका दरले राहत प्रदान गरेका हुन्।

सराङकोटको गोठादीमा मृत्यु भएका टङ्कबहादुर थापा र सोममायाका काका नाता पर्ने सोमबहादुर थापालाई राहत प्रदान गरियो।  इसिका राईका बुबा राजकुमार, सुवान थापाका बुबा पद्म थापा तथा शीतल श्रेष्ठको सानो बुबा सविन थापालाई जनही ५० हजारका दरले प्रदान गरिएको थियो। 

त्यसैगरी हेम्जास्थित मेलबोटमा पहिरोमा परी मृत्यु भएका हिमकली अधिकारीका बुहारी दीपा अधिकारी तथा पहिरोले घर पुरिँदा मृत्यु भएका दुर्गाबहादुर सुनारका श्रीमती विमला सुनारलाई मन्त्री चुमानले ५०-५० हजारका दरले हस्तान्तरण गरेका थिए। राहत वितरण गर्दे मन्त्री चुमानले प्राकृतिक बिपत्तिसँग जुध्नका लागि सरकारले प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेका विपद् व्यवस्थापन समितिको परिचालन गर्ने बताए।

salt training

कमेन्ट गर्नुहोस्