२३ जेठ २०८३, शनिबार

सुन्दर यातायातले बढेको भाडा नलिने

सुन्दर यातायातले बढेको भाडा नलिने

सुन्दर यातायातका बसहरू काठमाडौं उपत्यकामा मंगलवारदेखि चल्ने भएका छन् ।

आइतवार एक विज्ञप्ति जारी गर्दै कम्पनीले मंगलवारदेखि काठमाडौं उपत्यकामा बस सञ्चालनमा ल्याउन लागेको बताएको हो । 


यससँगै कम्पनीले पुरानै भाडादरमा बस सेवा सञ्चालन गर्ने घोषणा गरेको छ । सरकारले सार्वजनिक यातायातले बढीमा ५० प्रतिशतसम्म भाडा वृद्धि गर्न सकिने व्यवस्था गरेपनि उसले भने पुरानै भाडादरमा यात्रा गराउने जनाएको हो। 

कम्पनीले कोभिड १९ महामारी भित्रनु पूर्व नै यात्रुहरूको ज्वरो जाँच गरेर यात्रा गराउने गरेको जनाउँदै अहिले पनि सुरक्षामा कुनै कमी हुन नदिने जनाएको  छ । 

salt training

कमेन्ट गर्नुहोस्