०६ असार २०८३, शनिबार

कर्णालीका सांसदमा कोराना संक्रमण, प्रदेश सभामा त्रास

असार ३०, २०७७
कर्णालीका सांसदमा कोराना संक्रमण, प्रदेश सभामा त्रास

कर्णाली प्रदेशका सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कर्णालीको प्रदेश सभाका प्रभावशाली सांसदमा कोरोना देखिएपछि प्रदेश सभामा त्रास बढेको छ ।

आइतवार ती प्रदेश सांसदसहित अन्य ३ जनाको स्वाब प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा जाँच गर्दा कोरोना पुष्टि भएको छ ।

ती सांसदका प्रमुख स्वकीय सचिवले कोरोना देखिएको पुष्टि गरे । ‘उहाँमा कोरोना देखिएको छ । उहाँ अहिले वीरेन्द्रनगरमा रहेको कोठामा सेल्फ आइसोलेसनमा बस्नुभएको छ । उहाँ स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हुनुहुन्छ,’ उनले भने, ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ ।’

कर्णाली प्रदेशसभा सभामुख राजबहादुर शाहीले एक जना सांसदमा कोरोना संक्रमण भएको बताए । सभामुख शाहीका अनुसार प्रदेश सभामा नै ती सांसदको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरेर स्वाब संकलन मंगलवारै गरिने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्