२८ असार २०८३, आइतबार

किशोरी बलात्कारको आरोपमा वडाध्यक्ष शाही पक्राउ

असार ३१, २०७७
किशोरी बलात्कारको आरोपमा वडाध्यक्ष शाही पक्राउ
प्रतिकात्मक तस्वीर

कलिकोटको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही किशोरी बलात्कारको आरोपमा पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय कालिकोटका डीएसपी श्याम ओलियाका अनुसार १७ वर्षीया किशोरीलाई शाहीले २०७४ सालदेखि ललाइफकाई बलात्कार गरेको उजुरी परेपछि असार ३० गते पक्राउ गरिएको हो ।

बुधवार जिल्ला अदालत कालिकोटबाट म्याद थप गराई थप अनुसन्धान गरिने डीएसपी ओलियाले बताए । उनी नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् ।

salt training

कमेन्ट गर्नुहोस्