१५ असार २०८३, सोमबार

धरहरा पुनर्निर्माणका कामदार क्वारेन्टीनमा

असार ३१, २०७७
धरहरा पुनर्निर्माणका कामदार क्वारेन्टीनमा
फाइल फोटो

धरहरा पुनर्निर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टीनमा राखिएको छ ।

सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए ।

रोकिएको काम अघि बढाउन पुनर्निर्माण गर्न थप कामदार सप्तरीबाट केही दिनअघि ल्याइएको थियो । ल्याइएका ७० कामदारलाई क्वारेन्टीनमा राखिएको र पीसीआर परीक्षणपछि मात्र काममा लगाइने जनाइएको छ ।

कोरोना संक्रमणको कारण पछिल्लो समय बाहिरी जिल्लाबाट ल्याइएका कामदारको कोरोना परीक्षणपछि मात्र काममा लगाउनका लागि क्वारेन्टीनमा राखिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए । अहिले उनीहरूको परीक्षणको लागि नमूना संकलन भइरहेको छ । परीक्षणपछि काममा लगाइने सम्पदाविज्ञ मानन्धरले बताए ।

उनले भन, ‘अहिले धरहराको पुनर्निर्माणको लागि ३५ कामदार नियमित रुपमा लागिरहेका छन् । हालसम्म ३९ प्रतिशत काम सम्पन्न भएको छ ।’ 

भूकम्प गएको ३ वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो । २ वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनर्निर्माण शुरू गरेको छ । निर्माणको लागि ३ अर्ब ४८ करोड लाग्ने जनाइएको छ । पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ । जहाँ २ वटा लिफ्ट हुनेछ । एउटा परम्परागत भर्‍याङ रहनेछ । लिफ्ट र भर्‍याङ २ वटै माध्यमबाट धरहरा चढ्न सकिने छ । 

अब बन्ने धरहरा अत्याधुनिक र सुविधा सम्पन्न हुनेछ । कूल ४२ रोपनी क्षेत्रफलमा निर्माण शुरू गरिएको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए तापनि भित्र भने २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गिन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहनेछन् ।
 
शुरूमा ११ तले धरहरा विक्रम संवत् १९९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि ९ तलामा सीमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भिमसेन थापाले निर्माण गरेका थिए । गोश्वारा हुलाक भएको स्थानमा उद्यान बनाइनेछ । उद्यानभित्र बस्ने ठाउँ, ढुंगेधारा, हरियाली, चमेना गृह हुनेछ ।

धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ । निर्माण हुने धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारीसाधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनर्निर्माण हुनेछ । धरहराको १८ औं तलामा अवलोकलन कक्ष हुनेछ ।  

salt training

कमेन्ट गर्नुहोस्