०५ असार २०८३, शुक्रबार

सूर्य नेपालले गर्‍यो कोभिड कोषमा १ करोड सहयोग

असार ३१, २०७७
सूर्य नेपालले गर्‍यो कोभिड कोषमा १ करोड सहयोग

सूर्य नेपाल प्रालिले ५ नम्बर प्रदेशको कोभिड–१९ नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

बुधवार बिहान ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई प्रालिका उपाध्यक्ष रवि केसीले सहयोग रकमको चेक हस्तान्तरण गरे । 

सो अवसरमा बोल्दै केसीले आफूहरूले प्रदान गरेको रकम विशेषगरी अस्पतालका भेन्टिलेटरका लागि प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘देशभर भेन्टिलेटर कम छन् । यो रकम बिरामीको पहुँचमा दीर्घकालीन रुपमा पुग्ने गरी आईसीयू र भेन्टिलेटर खरिदमा प्रयोगमा आए राम्रो हुने थियो ।’

चेक बुझ्दै मुख्यमन्त्री पोखरेलले कोषको रकम सही सदुपयोग हुने बताए । उनले सूर्य नेपाल प्रालिले आफ्नो लगानी ५ नम्बर प्रदेशमा पनि ल्याउन आग्रह गरे ।

लगानीको वातावरण तयार पार्न प्रदेश सरकार तयार रहेको उनले बताए । कार्यक्रममा टाइगर प्यालेस रिसोर्टका संस्थापक नवराज बजगाईले प्रदेशमा आफूहरूले लगानी विस्तार गर्ने तयारीमा रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्