०८ साउन २०८३, शुक्रबार

फोटो खिच्दै गर्दा अचानक बोल्यो ‘लाश’

असार ३१, २०७७
फोटो खिच्दै गर्दा अचानक बोल्यो ‘लाश’

भारतको केरल राज्यको एर्नाकुलममा एक फोटोग्राफरले अस्पताल बाहिर प्रहरी मुचुल्काका लागि मृत व्यक्तिको तस्वीर खिचिरहेको बेलामा अनौठो घटना भएको छ ।

फोटो खिच्दै गर्दा सानो आवाज सुनिएपछि फोटोग्राफरलाई शंका लाग्यो र उनी मृत भनिएको व्यक्ति नजिक पुगे । उक्त व्यक्तिको मुखबाट सानो आवाज आइरहेको थियो । फोटोग्राफरले तत्कालै प्रहरीलाई खबर गरे ।

मरेको भन्ठानिएको व्यक्ति जिउँदै रहेछन् र अहिले उनको सघन उपचार चलिरहेको छ । 

फोटोग्राफरको नाम टोमी थमस हो । उनलाई एदाथाला प्रहरीले मृतकको तस्वीर खिच्न बोलाएको थियो । 

मरेको भनिएका व्यक्तिको नाम शिवदासन हो । 

उनको उपचार जुबली मिसन अस्पतालमा भइरहेको छ । चिकित्सकहरूका अनुसार, टोमीले सही समयमा शिवदासनको आवाज सुनेर नल्याइपुर्‍याएको भए उसको देहान्त हुने थियो ।
 

शिवदासन कालामस्सेरीमा भाडाको घरमा एक्लै बस्छन् । आइतवार एकजना व्यक्ति शिवदासानको घर जाँदा कुनै हलचल नदेखेपछि मरेको भन्ठानेर प्रहरीलाई खबर गर्न पुगे । उनले प्रहरीलाई सूचना दिएपछि अनौठो घटना हुन पुगेको हो ।

salt training

कमेन्ट गर्नुहोस्