
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २८ पुगेको छ ।
प्रदेशमा गएको २४ घण्टामा २५ जना नयाँ संक्रमित थपिएका हुन् । योसहित कुल संक्रमित सख्या १ हजार २ सय २८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
पोखरास्थित क्षयरोग उपचार केन्द्र, चितवनको भरतपुर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा थपिएका २५ संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १ १ , म्याग्दीका ९, तनहुँका ३, कास्की र गोरखाका १–१ जना रहेका छन् ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीका २ जना, बुलिङटारका ९ जना छन् । तीमध्ये बुलिङटारकी ३२ वर्षीया महिला पनि संक्रमित भएकी हुन् । अरू सबै पुरुष छन् ।
यस्तै, म्याग्दीको मालिकाका ४ जना, बेनीका ३ जना, रघुगंगा र मंगलाका १–१ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
तनहुँको भिमादका २ जना र आँबुखैरेनीका १ जना पुरुषमा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।
यस्तै, कास्कीको पोखरा महानगरपालिकाका ३६ वर्षीय पुरुष र गोरखाको गोरखा नगरपालिकाका ४२ वर्षीय पुरुष पनि संक्रमित भएका हुन् ।
गण्डकीमा कोरोना संक्रमितको दर पछिल्लो समय घट्दो छ । त्यसो त निको हुने पनि ९ सय २५ पुगिसकेका छन् ।
हेर्नुहोस्, विज्ञप्ति :
